नवलपरासी, १३ माघ । नवरपरासीमा प्रहरीले छापा मार्नेक्रममा गेष्ट हाउसमा काम गर्ने दुई जना महिलालाई आपत्तीजनक अवस्थामा फेला पारेको छ । गेष्ट हाउसका नाममा यौनजन्य कृयाकलाप सञ्चालन गर्दै आएको स्थानीयको गुनासो बढेपछि प्रहरीले छापा मार्दा दुई महिला आपत्तीजनक अवस्थामा फेला परेका हुन् ।
घटना नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१० ग्लोबल चोकमा रहेको माउन्टेन गेष्ट हाउसको हो । गेष्ट हाउसका सञ्चालक किसन सापकोटा पनि उक्त अभियोगमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गेष्ट हाउसमा काम गर्न राखेर जबरजस्ती यौनजन्य अनैतिक कृयाकलापमा संलग्न गराएको आरोपमा ती सञ्चालक पक्राउ परेका हुन् ।
ती महिलालाई सोधपुछ गर्दा सञ्चालकले खाना पकाउने, सरसफाई गर्ने, भाडा माझ्ने काममा मासिक तलब दिन्छु भरेर राखेको र पछि ग्राकहरुसँग यौनजन्य कृयाकलापमा संलग्न हुन दबाब दिएको बताएपछि सापकोटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सापकोटालाई मानव बेचबिखन तथा ओसारपसारअन्तर्गतको मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
The post गेष्ट हाउसमा यौनजन्य क्रियाकलापमा संलग्न दुई महिला आपत्तीजनक अवस्थामा फेला appeared first on Sajha Post.