काठमाडौं, १४ माघ । त्रिवि शिक्षण अस्पताल प्रशासनले अस्पताल परिसरमा कुनै पनि अनसन, रिले अनसन र प्रदर्शन नगर्न सबै पक्षसँग अपील गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै अस्पताल प्रशासनले उक्त अपील गरेको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गीद्वारा जारी विज्ञिप्तमा भनिएको छ, ‘त्रिवि शिक्षण अस्पतालजस्तो सर्वसाधारणको पहुँचमा रहेको अस्पताल जस्तो सर्वसाधारणको पहुँचमा रहेको अस्पतालमा कुनै पनि धर्ना, विरोध, बन्द हडतालका कार्यक्रम नराखिदिनुहुन र देशको नियम ऐन नियम एवम् चिकित्सकीय नैतिक दायित्व अनुरुप सदाझै नियमित स्वास्थ्योपचारको सेवा प्रदान गर्ने पुनित कार्यमा सहयोग गरिदिनुहनु सम्बन्धित सबैमा हार्दिक अपील गर्दछु ।’
प्रा. डा. गोविन्द केसीको १६ औं चरणको अनसन र उनको माग पुरा गर्न दबाब दिने उदेश्यले नेपाल चिकित्सक संघले अस्पताल परिसरमा रिले अनसनको घोषणा गरेलगत्तै अस्पताल प्रशासनले गम्भीर ध्यानकर्षण भएको पनि जनाएको छ ।
यसैबीच अस्पताल प्रशासनले अस्पतालको उपचार सेवा सुचारु रहेको पनि जानकारी दिएको छ ।
The post शिक्षण अस्पताल प्रशासनद्वारा अस्पताल परिसरमा प्रदर्शन नगर्न अपील appeared first on Sajha Post.