काठमाडौं, १३ माघ । १६ औँ चरणको आमरण अनसनमा रहेको प्रा. डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै डाक्टरहरुले सोमबारदेखि देशभर रिले अनसन थाल्ने घोषणा गरेका छन् । नेपाल चिकित्सक संघको नेतृत्वमा आइतबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बसेको डाक्टरहरुको भेलाले सोमबारदेखि रिले अनसन थाल्ने घोषणा गरेको हो ।
भेलाले देशभरका डाक्टरलाई रिले अनसनमा बस्नका लागि आह्वानसमेत गरेको संघका अध्यक्ष मुक्ति श्रेष्ठले बताएका छन् । यसअघि डा. केसीको अनसन तोडाउन दिएको ७२ घण्टाको समयमा पनि सरकारले कुनै पहल नगरेको भन्दै डाक्टरहरुले आन्दोलन थालेको बताएका छन् ।
डाक्टरहरुको आन्दोलनका कारण बिरामीहरुको उपचार सेवा प्रभावित हुँदै गएको छ । डाक्टर केसीको समर्थनमा रहेका आवासीय डाक्टरहरुले आजपनि आकस्मिक बाहेकका कक्षमा उपचार सेवा बहिष्कार गरेका थिए ।
आफूसँग १५ औँ चरणको अनसनकाक्रममा गरिएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने लगायतका माग राखेर पुस २५ देखि केसी १६ औं अनसनमा छन् ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट शुक्रबार परित भइसकेको छ भने सोमबार राष्ट्रियसभामा पेस हुँदैछ ।
The post गोविन्द केसीको पक्षमा देशभर डाक्टरहरुको रिले अनसन घोषणा, उपचार सेवा प्रभावित हुने appeared first on Sajha Post.