काठमाडौं, २२ पुस । सरकारी डाक्टरहरुले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन् । कर्मचारी समायोजन अध्यादेश र नयाँ संगठन संरचनाप्रति असन्तुष्टि जनाउँदै उनीहरुले मन्त्रालय घेराउ गरेका हुन् । सरकारी चिकित्सक संघ (गोदान) को आह्वानमा सरकारी डाक्टरहरुले आइतबारमन्त्रालय घेराउ गरेका हुन् । आफ्ना मागको सुनुवाई नभएपछि मन्त्रालय घेर्न बाध्य भएको डाक्टरहरुले बताएका छन् ।
उनीहरुले कर्मचारी समायोजन अध्यादेशमा स्वास्थ्यतर्फको कर्मचारीको दरबन्दी तहगत हुनुपर्ने, समायोजन गर्दा स्वास्थ्यका कर्मचारीको एकतह बढुवा हुनुपर्ने लगायतका माग राखी मन्त्रालय घेराउ गरेका हुन् । उनीहरुले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई ज्ञापनपत्र बुझाउँदै आफ मागहरु सम्बोधन गरिदिन माग पनि गरेका छन् ।
The post सरकारी डाक्टरहरुद्वारा अस्पताल छाडेर मन्त्रालयमा धर्ना appeared first on Sajha Post.