भोजपुर, २४ पुस । जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई ६ महीना कैद र रु ५० हजार क्षतीपूर्तीको फैसला गरेको छ ।
अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई उक्त फैसला गरेको हो ।
तामाङले गत असोज २४ गते श्रीमतीको इच्छा विपरीत यौनसम्पर्क गरेको र उक्त विषयलाई उनकी श्रीमतीले आफ्नो इच्छा विपरित करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि गत असोज २५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी अपराध संहिता ऐन, २०७४ को उपदफा ४ मा उल्लेखित २२८ बमोजिम कैद र क्षतिपूर्तिको फैसला गरेको अदालतले जनाएको छ ।
The post आफ्नै श्रीमतीको इच्छाविपरित यौनसम्पर्क गर्दा ६ महिना कैद appeared first on Sajha Post.