Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

आजबाटै त्याग्नुहोस् मिर्गौलालाई क्षति पुर्‍याउने यी सात खाद्य पदार्थ

$
0
0

शरीरमा पुग्ने खाद्य पदार्थलाई शुद्धिकरण गरेर फोहोर पदार्थलाई बाहिर निकाल्ने मिर्गौलाको काम एकदमै आधारभूत र सबैलाई जानकारी भएको काम हो । तर, यसको काम यतिमा मात्र सिमित छैन यसले हाम्रो शरीरमा अन्य ठूला कामहरु पनि गर्छ ।

मिर्गौलाले शरीरमा रहेको सम्पूर्ण तरललाई सन्तुलन राख्छ साथै रातो रक्त कोशिका निर्माण गर्ने हार्मन उत्सर्जन गर्छ । यसबाहेक यसले हाडको स्वास्थको सुनिश्चित गर्नुका साथै रक्तचापलाई नियमित गर्छ ।

शरीरको हेरचाहमा निर्लिप्त यो मिर्गौलालाई कहिलेकाँही हामी जान अन्जान असर पुर्‍याइरहेका हुन्छौं ।

आज हामी तपाईलाई ती सातवटा खाद्य तत्वको बारेमा बताउँछौं जसलाई तपाईले स्वास्थ आहारको रुपमा दैनिक आफ्नो भोजनमा समावेश गर्नु त हुन्छ तर त्यो मिर्गौलाको स्वास्थ्यका लागि भने निकै हानिकारक छ ।

१. नट्सहरु (ड्राई फ्रुट्स)
यदि तपाई किड्नी स्टोनको बिमारी हुनुहुन्छ भने सुपारी, बदाम, काजु, ओखर, खजुरजस्ता नट्सहरु तपाईको लागि प्रतिकूल छ । यी फलफूलमा ‘ओक्जालेट्स’ वर्गको मिनिरल पाइन्छ जुन एकदमै सामान्य प्रकारको किड्नी स्टोनमा अत्याधिक पाइन्छ । यदि तपाईलाई यसअघि स्टोनको समस्या थियो भने यी नट्सहरुलाई सेवन नगर्नुहोस् ।

२. एभोकाडो
क्रिमी र शानदार हरियो फल एभोकाडोमा पोटासियमको उच्च डोज हुन्छ यसले तरललाई नियन्त्रण गर्ने, इलेक्ट्रोलाइट सन्तुलन गर्ने र पिएच लेभललाई सन्तुलन गर्ने काम गर्छ । तर मिर्गौलालाई सही ढंगबाट काम गर्नका लागि पोटासियम र सोडियमको सन्तुलन मात्रा आवश्यक पर्छ । यदि यी दुईमध्ये एउटा धेरै भयो भने यसले मिर्गौलालाई असर गर्छ । रगतमा पोटासियमको मात्रा अत्याधीक भएको अवस्थालाई हाइपरकलिमिया भनिन्छ र मिर्गौलाको समस्या भएका मानिसमा यसको उच्च जोखिम रहन्छ । तर यदि तपाईलाई मिर्गौलाको समस्या छैन भने तपाईले एभोकाडोबाट डराउनु पर्दैन ।

३. कफी
यदि तपाईको बिहान चिया वा कफिसँगै सुरु गर्ने बानी छ भने अब सावधान रहनुहोस् । मिर्गौला समस्या भएकाहरुका लागि सोडा वा एनर्जी ड्रिंक्स जतिकै यो पनि हानिकारक छ । अध्ययनमा लामो समयसम्म कफीमा पाइने क्याफिनको उपभोग गर्नाले यसले क्रोनिक किड्नी रोगलाई थप घातक बनाउनुका साथै किड्नी स्टोनको जोखिम बढाउँछ । क्याफिनले पानी सोस्ने मिर्गौलाको क्षमतालाई असर गर्छ ।

४. डेरीका उत्पादन
दुध, पनिर, छुर्पीजस्ता डेरी उत्पादनमा प्रशस्त मात्रामा क्याल्शियम हुन्छ जसले पिसाबमा क्याल्शियमको मात्रालाई बढाउँछ । यसले किड्नी स्टोनको जोखिम बढाउँछ । मिर्गौला समस्या भएका मानिसहरुले यसको सेवन बन्द गर्दा राम्रो हुन्छ ।

५. नुन
शरीरमा तरललाई सन्तुलनमा राख्नका लागि सोडियम र पोटासियमको सन्तुलन अवस्थाले काम गर्छ । यसले नै मिर्गौलाको प्रभावकारी कार्यान्वयनको अवस्था सृजना गर्छ । तर हामीमध्ये अधिकांशले खानामा धेरै नुन वा सोडियमको प्रयोग गर्छ । रक्त प्रणालीमा शरीरमा प्रवेश गरेको नुनलाई घोल्नका लागि मिर्गौलालाई धेरै पानीको आवश्यक पर्छ जसले मिर्गौलामाथि थप अतिरिक्त दबाब दिन्छ ।

६. मासु
मासुमा प्रशस्त मात्रामा प्रोटिन हुन्छ । प्रोटिन शरीरको वृद्धि विकास र मांशपेशीको स्वास्थका लागि आवश्यक छ । तर हाम्रो मिर्गौलाले गर्ने काममध्ये सबैभन्दा कठिन काम ‘मेटाबोलिज्म’ हो । जीवबाट प्राप्त प्रोटिनले हाम्रो शरीरमा किड्नी स्टोनको जोखिम बढाउँछ । यसकारण मिर्गौला पीडितहरुलाई अत्याधीक प्रोटिन युक्त खाना सेवन नगर्ने भनिन्छ ।

७. कृतिम स्वीटनर्स
यदि तपाई आफ्नो सुगर उपभोग कमि गर्न कृतिम स्वीटनर्समा निर्भर हुनुहुन्छ भने तपाईले आफ्नो शरीरको कुनै स्यहार गरिरहनु भएको छैन । हामीलाई थाहा छ प्रतिदिन दुई सोडकाको डाइटले मिर्गौलाको कार्यप्रणालीलाई प्रभावित पार्छ । यदि तपाई चिनीलाई विस्थापन गर्ने कृतिम स्वीटनर्सको सेवन गर्न चाहानुहुन्छ भने ‘स्टीभिया’ राम्रो विकल्प बन्नसक्छ ।

The post आजबाटै त्याग्नुहोस् मिर्गौलालाई क्षति पुर्‍याउने यी सात खाद्य पदार्थ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles