Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

युवाहरुको पहलमा धादिङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

$
0
0

धादिङ, १७ पुस । धादिङको निलकण्ठ नगरपालिका–५ कोशिखोला लस्करेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। बुद्ध शान्ति बिहार धादिङको आयोजना र अन्तर्राष्ट्रिय मैत्री समाज नेपालको सह–अयोजनामा सम्पन्न शिविरमा ३ सय ५० जनाले स्वास्थ्य परीक्षण गराएका छन्।

शनिबार धादिङको बुद्ध शान्ति विहार परिसरमा भएको शिविरमा आँखा, हाडजोर्नी, दन्त तथा मुख, स्त्रीरोग सहित सामान्य स्वास्थ्य जाँच समेत गरिएको छ। शिविर काठमाडौंमा बस्ने क्रियासिल युवाहरुको पहलमा भएको शिविर संयोजक रमेश ढुंगानाले जानकारी दिए।

उक्त शिविरमा मनमोहन मेमोरियल अस्पताल, युनिभर्सल डेन्टल अस्पताल लगायत अन्य अस्पतालका वरिष्ठ डाक्टर तथा स्वास्थ्यकर्मीहरुको सहभागिता थियो।

शिविरमा डा. रोजन अधिकारी, डा. प्रतिभा पराजुली, डा. आशिश कडरिया, डा. हरी बराल, डा. रेखा पौडेल, डा. पुष्प लाल भडेल, डा. अरुण कडेल, डा. भुपेश ढकाल, डा. अर्जुन साप्कोटा, डा. बियुश पोखरेल, डा. निरज थापा, डा. पारस ओली र डा. सरु थापाले बिरामीको चेकजाँच गरेका थिए।

The post युवाहरुको पहलमा धादिङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles