Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

अब कुखुराले यसरी बचाउँछ मलेरियाबाट

$
0
0

एजेन्सी, २० कात्तिक । इथोपिया र स्वीडेनका वैज्ञानिकहरुद्वारा गरिएको एउटा अध्ययनमा मलेरिया फैलाउने लामखुट्टे कुखुरा र अन्य पंक्षीबाट टाढा भाग्ने देखिएको छ । संयुक्त राष्ट्रस‌ंघको अनुसार अफ्रिकामा पछिल्लो वर्ष मलेरियाको कारण चार लाख मानिसहरुको मृत्यु भएको थियो ।

मलेरिया फैलाउने जिवाणु शरीरमा प्रवेश गरेपछि रगतमा फैलिनुअघि कलेजोमा लुक्छ । जब लामखुट्टेले त्यस्ता व्यक्तिलाई टोक्छ र त्यसबाट अन्य व्यक्तिमा जान्छ, तब लामखुट्टेसँगै मलेरियाको जिवाणु पनि उसको शरीरमा प्रवेश गर्छ ।

‘मलेरिया जर्नल’ मा प्रकाशित एक शोधको अनुसार लामखुट्टेहरु बासनाको माध्यमबाट आफ्नो शिकार फेला पार्छन् र अध्ययनमा लामखुट्टेलाई कुखुराको शरीरको गन्ध मन नपर्ने हुनसक्ने बताएको छ ।

उक्त शोधमा स‌ंलग्न अडीस अबाबा विश्वविद्यालयका हाब्ते तेकीको अनुसार कुखुराको गन्धबाट केही रसाइन निकालेर त्यसलाई लामखुट्टे भगाउने क्रिममा मिसाएर प्रयोग गर्न सकिने बताएका छन् ।

उनले बीबीसीसँग पछि शोधको फिल्ड परिक्षण पनि गरिने बताए । स्वीडिश यूनिभर्सिटी अफ एग्रीकल्चर साइन्सेजका शोधकर्ताहरु पनि उक्त अध्ययनमा स‌ंलग्न थिए । उक्त प्रयोगमा कुखुराको प्वाँखबाट निकालिएको रसायनहरु र जीवित कुखुराहरुको प्रयोग गरिएको थियो ।

शोधकर्ताहरुले कुखुरा र ती रसाइनको प्रयोगबाट लामखुट्टेको संख्यामा धेरै कमि आएको पाएका छन् ।

The post अब कुखुराले यसरी बचाउँछ मलेरियाबाट appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles