एजेन्सी । चाडबाडको समयमा गरिने खानपानले तपाईको पाचन प्रणालीमा निकै असर पार्नसक्छ । पाचन प्रणालीमा समस्या आएपछि तपाईले कुनै रमाइलो उठाउन सक्नुहुन्न । यसकारण तपाईको चाडबाडको माहोललाई खराब नगर्न र परिकारको मज्जा उठाउन आज हामी तपाईलाई पाचन क्रिया सुधार्ने तथा अन्य बिमारीबाट मुक्ति पाउने केही उपायबारे बताउँदै छौं ।
१. स्वस्थ तथा एकाग्र भएर खाने
आयुर्वेदले एकाग्र भएर खाना खान सल्लाह दिन्छ यसो गर्दा हाम्रो मस्तिष्कलाई हामीले खाने खानाको बारेमा जानकारी मिल्छ । हलुका, सादा, सुपाच्य तथा सात्विक खानाले तपाईको शरीरको अग्निलाई उर्जावान् राख्न ठूलो मद्दत पुर्याउँछ ।
२. शरीरको अग्नि तत्वलाई मार्ने पदार्थबाट टाढा
खराब तरल पदार्थले अग्नि तत्वलाई मार्ने काम गर्छ । अत्याधीक तरल पदार्थ, कोल्ड ड्रिङ्कको सेवनले पाचनतन्त्रलाई असन्तुलित राख्छ । धेरै सुत्ने र धेरै खाने बानीले पनि अग्नितत्वलाई मेट्ने काम गर्छ ।
३. आफ्नो अग्निलाई सुर्धानुहोस्
यदि तपाईले अघिभन्दा धेरै अग्निशक्तिलाई सुधार्नु भयो भने यसले तपाईको स्वस्थमा धेरै सकरात्मक परिवर्तन ल्याउन सक्छ । बिहान उठ्नेवित्तिकै दुई ग्लास पानी पिउनाले तपाईको पाचनशक्तिलाई राम्रो गराउँछ ।
४. धेरै गुण भएका सब्जीहरु सेवन गर्ने
आफ्नो दैनिक आहारामा सागपात, फल जस्ता धेरै गुण भएका खाद्य तत्व संलग्न गराउनुहोस् ।
५. दैनिक नियमित समयमा खाना खानुहोस्
दैनिक एउटै समयमा खाना खानु भयो भने यसले पाचनतन्त्रलाई राम्रो अवस्थामा राख्छ र उत्पादकता बढाउँछ ।
६. हलचल गरिरहनुहोस्
धेरै समय एउटै स्थान र एउटै शारीरिक आसनमा बस्नाले शरीरको पाचनतन्त्र ढिलो बन्छ ।
७. ताजा हावा र केही आसन
आगो बल्नका लागि हावा चाहिएजस्तै पाचनतन्त्रको आगोलाई जलाउन ताजा हावामा रहन आवश्यक छ । बिहान घुम्ने वा प्रकृतिक सथलमा पैदल यात्रा गर्नुहोस् ।
८. ध्यान गर्ने
आफ्नो तनावलाई टाढा भगाउन ध्यान गर्ने गर्नुहोस् । दैनिक मात्र पाँच मिनेटले पनि एकाग्र रहनु भएर ध्यान गर्नु भयो भने यसले असंख्य लाभ दिन्छ ।
९. सही मात्रामा पानीको सेवन
पानी धेरै थोरै नभएर दैनिक ठीक मात्रामा पानी सेवन गर्नाले पाचनतन्त्रलाई फाइदा पुग्छ । पानीले पाचनतन्त्रको भित्र रहेको बैक्टेरियालाई सन्तुलनमा राख्नुको साथै पूरै शरीरमा पोषक तत्व पुर्याउन सहयोग गर्छ ।
१०. विषहरण क्रिया
आयुर्वेदले पाचनतन्त्रलाई विषहरण प्रक्रियाबाट सफा राख्न सल्लाह दिन्छ । विषहरण प्रत्येक व्यक्तिका लागि महत्वपूर्ण छ । विषहरण क्रिया फलको जूस सेवन गर्ने देखि लिएर पंचकर्माथेरेपीबाट पनि सम्भव छ
The post पाचनप्रणालीलाई सुधार्न अप्नाउनुहोस् यी १० घरेलु उपाय appeared first on Sajha Post.