Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

अनुसन्धानको निष्कर्ष- मोबाइलको प्रयोगले क्यान्सर संक्रमण हुनसक्छ

$
0
0

एजेन्सी, १९ कात्तिक । एक नयाँ अध्ययनले मोबाइलको रेडिएसनले क्यान्सर हुने चेतावनी दिएको छ । नेशनल इन्स्टिच्यूट अफ हेल्थ्स टोक्सीकोलोजी प्रोग्राम एनटिपीले लामो समयदेखि मुसा र छुचुन्द्रामाथि गर्दै आएको अध्ययनको अन्तिम परिणाम प्रकाशन गरेपछि उसले त्यस्तो निश्कर्ष सार्वजनिक गरेको हो ।

तर, खाद्य तथा लागूऔषध प्रशासन एपडीएले त्यस्ता खतराहरु मानिसमा लागू नहुने दावी गरेको छ ।

एनटिपीले सेलफोनको उच्च तहको रेडिएसनले मुसाको मुटु, मस्तिष्क, एड्रीनर ग्लाण्डमा क्यानसर संक्रमण भएको स्पष्ट प्रमाण फेला पारेको थियो ।

उक्त अनुसन्धानमा ट्युमर र टु जी, थ्री जी रेडिएशनको सम्बन्ध निकै बलियो र स्पष्ट भएको देखिएको बताएको छ ।

एनटिपीको अध्ययनलाई समीक्षा गरेका वैज्ञानिकहरुले संघीय सञ्चार आयोगलाई सार्वजनिकरुपमा त्यसबारे चाँडो चेतावनी जारी गर्न आह्वान गरेको छ । तर, एफडिएको प्रतिक्रियामा एनटिपीले प्रयोगकर्ताहरुको त्रासको फाइदा उठाउँदै खोजलाई अतिरञ्जित गरेको आरोप लगाएको छ ।

सेलफोनले उत्सर्जन गर्ने रेडियो फ्रिक्वेन्सी रेडिएसनले क्यान्सर संक्रमण गर्ने कुरामा वैज्ञानिकहरुले पनि लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएका छन् ।

The post अनुसन्धानको निष्कर्ष- मोबाइलको प्रयोगले क्यान्सर संक्रमण हुनसक्छ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles