Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

फ्रुट चमेराबाट फैलिन्छ निपाह भाइरस, यस्ता छन् लक्षण

$
0
0

एजेन्सी, १२ जेठ । भारतको केरेलामा हालसम्म निपाह भाइरसको कारणले १६ जनाको मृत्यु भैसकेको छ ।

निपाह भाइरस एक विशेष प्रजातिको चमेराबाट फैलिन्छ । ती चमेरालाई फ्रुट ब्याट भनिन्छ । त्यस्ता चमेराहरु नेपालमा पनि पाइन्छ । जब ती संक्रमित चमेराले कुनै फल वा सब्जी खान्छ र मानिसले वा जनावरले पनि त्यसलाई सेवन गर्छ भने ऊ संक्रमित हुन्छ ।

विश्व स्वास्थ्य संगठनको अनुसार १९९८ मा मलेसियाको निपाह गाउँमा पहिलोपटक सुंगुरमा ब्रेन फिभर जस्तै गरी यो हैंजा देखिएको थियो ।

यो संक्रमित व्याक्ति वा जनावरको सम्पर्कमा आउनु वित्तिकै फैलिन्छ र हालसम्म यसको कुनै उपचार छैन ।

सुंगुर पाल्ने र चमेराको सम्पर्कमा आइरहने मानिसहरुमा यसको संक्रमणको खतरा हुन्छ ।

यसका लक्ष्यणहरु अचानक ज्वरो, टाउको दुख्ने, मांशपेशी दुख्ने, बेचेनी हुने, वान्ता हुने गर्दन दुख्ने र उज्यालोमा समस्या हुनु हो ।

यो बिमारी चाढो फैलिन्छ र संक्रमित व्याक्ति ५ देखि ७ दिन भित्र कोमामा जान्छ । हालसम्म यसको कुनै उपचार नपाइएको कारणले सावधानी नै यसको प्रमुख उपचार हुन्छ ।

 

The post फ्रुट चमेराबाट फैलिन्छ निपाह भाइरस, यस्ता छन् लक्षण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles