पोषक तत्वले भरिपूर्ण काँचो नरिवलको पानी स्वाद र स्वास्थको दृष्टिकोणले एकदमै फाइदाजनक छ । यसमा एन्टीब्याक्टेरियल गुण हुन्छ जसले शरीरको रोग प्रतिरोधी क्षमतालाई बढाउँछ ।
नरिवलको पानीले रक्त सञ्चार प्रक्रियामा पनि सुधार ल्याउँछ । यसले रक्तचापको स्तर कम गर्नुको साथै मुटु र मुटुसम्बन्धी रोगको खतरा पनि कम गर्छ ।
यदि तपाई आफ्नो तौल कम गर्न चाहनुहुन्छ भने आफ्नो आहारमा नरिवलको पानी पनि समावेश गर्नुहोस् ।
पोषक तत्व र भिटामिन जस्ता रिबोफाल्विन, नियासिन, थियामिन, पैंटोथेनिक एसिड, कोलाइन र फोलेट्सको कारण यसमा एन्टी-वायरल र एन्टी-ब्याक्टीरियल गुण हुन्छ, जसले शरीरको प्रतिरक्षा प्रणाली मजबूत बनाउँछ ।
चिकित्सकहरु महिलालाई गर्भावस्थामा नरिवलको पानी पिउन सल्लाह दिन्छन् किनभने यसले कब्जियत, शरीरको जलन, पाचनतन्त्रको गडबडीलाई भगाउन मद्दत गर्छ ।
- एजेन्सीहरुको सहयोगमा
The post गर्मीमा नरिवलको पानी सेवनका फाइदै फाइदा appeared first on Sajha Post.