एजेन्सी, ११ जेठ । कतिपय अवस्थामा मानिसलाई हर्ट अट्याक भएको हुन्छ । तर त्यसबारे आफूलाई थाहा हुँदैन । यस्तो अट्याकलाई नै साइलेन्ट हर्ट अट्याक भनिन्छ । साइलेन्ट हर्ट अट्याकलाई साइलेन्ट मायोकार्डियल इन्फ्रेक्शन भनिन्छ । यसमा मानिसलाई हर्ट अट्याक हुँदा छातीमा पीडा महसुस हुन्छ । तर हर्ट अट्याक भएको थाहा हुँदैन ।
साइलेन्ट हर्ट अट्याक हुनुको पछाडी केही कारणहरु छन् । अत्याधिक बोसिलो, फ्याट्टी र प्रोसेस्ड खाना सेवन गर्नाले यसको खतरा ज्यादा हुन्छ । शारीरिक अभ्यासको कमि, मादक पदार्थको सेवन, मधुमेह र मोटोपना र तनावपूर्ण जीवनशैलीको कारण साइलेन्ट हर्ट अट्याक हुन्छ ।
यसलाई वास्ता नगरेर वा अट्याक भएको थाहा नपाएर कति मानिसहरु उपचारको बाटोमा अगाडी बढ्न सक्दैनन् । तर यसलाई पहिचान गर्ने केही संकेतहरु तल उल्लेख गरिएको छ ।
टाउकोमा हलुकोपना महसुस हुनु
अचानक कमजोरी हुनु
घाँटी, चिउँडाे र बायाँ हातमा पीडा हुनु
चिसो पसिना आउनु
सास लिन समस्या हुनु
यी पाँच लक्षण देखिन्छ र तपाईको छातीमा पीडा महसुस हुन्छ भने थाहा पाउनुहोस् तपाई हर्ट अट्याकको खतराभित्र हुनुहुन्छ ।
The post थाहा पाउनुहोस् साइलेन्ट हर्ट अट्याकका यी पाँच संकेतहरु appeared first on Sajha Post.