एजेन्सी, २५ फागुन । पेट या पाचन प्रणालीमा कुनै गडबडी भएमा मुखभित्रको छाला पिल्सने समस्या आउँछ । धेरै मसालेदार खाना सेवन गर्नाले पनि मुखको छाला जान्छ । यदि तपाई पनि यस्तो समस्याबाट ग्रसित हुनुहुन्छ केही घरेलु उपायहरु अप्नाउनुसक्नु हुन्छ ।
जेठी मधु मुखको छाला पिल्सने समस्याको एकदमै ठूलो औषधी हो । यसलाई पिठो बनाएर एक चम्चीलाई दुई कप पानीमा मिसाएर तीन चार घण्टाका लागि भिजाइदिनुस् । जेठी मधु भिजाएको पानीले प्रत्येक दिन तीन या चार पटक मुख कुल्ला गर्नुभयो भने यसले मुखको छाला पिल्सने समस्याबाट मुक्ति दिन्छ ।
धनियाँको दाना पनि यो समस्याबाट मुक्ति पाउनका लागि अचूक औषधी बन्न सक्छ । धनीयाँको दानालाई पानीमा उमालेर छान्नुहोस् र त्यो पानी चिसो भएपछि त्यसले दुई तीन पटक मुख कुल्ला गर्नुहोस् ।
अमलालाई तातो पानीमा उमालेर त्यसको पेस्ट बनाइ छाला पिल्सिएको ठाउँमा लगाउनुहोस् त्यसले छाला चाँडाे निको हुन्छ ।
मह र केरा मिसाएर सेवन गर्नाले पनि मुखको छाला चाँडाे निको हुन्छ । घाउ धेरै पोलेको अवस्थामा यसको पेस्ट प्रयोग गर्नुभयो भने राहत मिल्नसक्छ ।
एक चिम्टी नुन र बेकिङ सोडालाई पानीमा मिसाएर पेस्ट बनाउनुहोस् र त्यसलाई घाउमा राखेर १० मिनेटसम्म राखेर र कुल्ला गर्नुहोस् यसले मुखको छालालाई निको पार्छ ।
The post मुखको छाला जाने समस्याका लागि रामवाण सावित हुन्छन् यी घरेलु सामाग्री appeared first on Sajha Post.