Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

तातो चिया पिउनुहुन्छ, ख्याल गर्नुहोस् क्यानसर हुनसक्छ

$
0
0

काठमाडौँ, २५ फागुन ।  रक्सी र चुरोट खानेहरुले धेरै तातो चिया पिउँदा अन्ननलीको क्यान्सर हुने खतरा बढ्ने एक अध्ययनले देखाएको छ । यद्यपि, चुरोट र रक्सी नखाने चियाका पारखीहरुले भने यसमा चिन्ता लिनुपर्दैैन ।

बेइजिङस्थित पेकिङ विश्वविद्यालयका प्रोफेसरले सीएनएनसँग भनेका छन्, ‘धुमपान र मद्यपान सेवन गर्नेहरुमा तातो चिया पिउँदा अन्ननली क्यान्सरको जोखिम बढी हुन्छ ।’

विश्व स्वास्थ्य संगठनको क्यान्सर अनुसन्धान शाखाका अनुसार अन्ननलीको क्यान्सरबाट हरेक वर्ष लगभग ४ लाख मानिसको मृत्यु हुने गरेको छ ।

अध्ययनका लागि शोधकर्ताहरुले चीनमा ३० देखि ७९ वर्षका ४ लाख ५६ हजार १५५ जनामा १० वर्षसम्म अध्ययन गरेका थिए ।

अध्ययनमा जसले एकदम तातो चिया पिउँछ, अत्यधिक मदिरा पिउँछ र चुरोट पिउँछ ती तीनमध्ये कोही पनि व्यक्तिहरुको तुलनामा अन्ननलीको क्यान्सरको जोखिम पाँच गुणाभन्दा बढी हुन्छ ।

धुमपान र मद्यपान दुबै अन्ननली क्यान्सरका कारक हुन् । अध्ययनकर्ताले तातो चिया, मदिरा र धुमपानबीच अन्ननली क्यान्सरको जोखिममा अन्तरसम्वन्ध रहेको पत्ता लगाएका छन् ।

The post तातो चिया पिउनुहुन्छ, ख्याल गर्नुहोस् क्यानसर हुनसक्छ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles