Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

पहिलो पुतली संक्रमणः आँखाबाट निस्किए १४ किराहरु

$
0
0

एजेन्सी, १ फाल्गुन । अमेरिकास्थित ओरेगनकी एकजना महिलाको आँखाबाट किराहरु निस्किएपछि त्यसलाई मानवमाथि पुतलीहरुको पहिलो संक्रमणको रुपमा हेरिएको छ । अगस्ट २०१६ मा २६ वर्षीया महिलाको बायाँ आँखाबाट १४ साना किराहरु निकालिएको थियो । तर उक्त केसमाथि वैज्ञानिकहरुले हिजो सोमबारमात्र टिप्पणी गरेका छन् ।

एब्बे बेक्ली नाम गरेकी ति महिलाको आँखामा थेलाजिया गुलोसा नामको किटाणुहरु फेला परेको थियो । उक्त किटाणु उत्तरी अमेरिका तथा दक्षिणी क्यानडाका चौपायहरुमा पाइन्छ । तर त्यस्तो संक्रमण यस अघि कुनैपनि मानिसहरुमा भेटिएको थिएन । ति किटाणुहरु ‘फेस फ्लाइस’ नाम गरेको एउटा पुतलीले फैलाउने गर्छ । वैज्ञानिकहरुका अनुसार ती पुलतीहरु आँसुबाट पोषित हुन्छन् र आँसुका माध्यमबाट किटाणुहरु मानिसको आँखाभित्र प्रवेश गर्छन् ।

बेक्लीले संक्रमित हुनुपूर्व गोल्ड बीचमा माछा मार्नुका साथै घोडसवारी गरेकी थिइन् । हप्तादिनसम्म आँखा चिलाएपछि बेक्लीको आँखाबाट एउटा किरा निकालिएको थियो । त्यसको दुई हप्तापछि पुनः चिकित्सकले १३ वटा किराहरु निकालेका थिए । ती जिवाणुहरु एकदमै पारदर्शी थिए र करिब आधा इन्च लामा थिए । ती किराहरु निकालिएपछि हाल बेक्लीमा कुनै लक्षणहरु देखिएको छैन ।

The post पहिलो पुतली संक्रमणः आँखाबाट निस्किए १४ किराहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles