Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदाहरु

$
0
0

एजेन्सी, २९ माघ । सामान्यतय मानिसहरु तिर्खा लागेको अवस्थामा, खाना या केहि मसालेदार कुराहरु सेवन गरेपछि मात्र पानी पिउने गर्छन् । तर चिकित्सा विज्ञानले यस्तो बानीलाई अस्वस्थ्यकर अभ्यास मान्दछ । शरीरको स्वास्थ्यको दृष्टिले पानी पिउने उचित अवस्था भनेको पेट खाली हुँदाको समयमा हो ।

खाली पेटमा पानी खानुका धेरै फाइदाहरु छन् । यसको प्रमुख फाइदा भनेको ‘मेटाबोलिज्म’ जीवनलाई कायम राख्नका लागि शरीरभित्र चलिरहने रासायनिक प्रक्रियाको गतिलाई तिव्र पार्न मद्दत गर्छ ।

खाली पेटमा पानी पिउनाले तपाईको रोग प्रतिरक्षा क्षमताको वृद्धि हुन्छ । यस्तो बानीले प्रतिरक्षा क्षमतामा उल्लेखनीय सुधार आउँछ ।

दैनिकरुपमा उठ्नुबित्तिकै पानी पिउने बानीले शरीरभित्रको पाचन प्रणालीलाई पनि व्यवस्थित राख्ने काम गर्छ । यसले गर्दा तपाईलाई मल विसर्जनमा पनि सहज हुन्छ । यस्तो बानीले कब्जीयत र पायल्सजस्ता रोगहरुबाट टाढा राख्न मद्दत गर्छ ।

जब तपाई पिसाब गर्नुहुन्छ तपाईको पिसाबबाट शरीरका बिषाक्त पदार्थहरु तरलरुपमा बगिरहेको हुन्छ । तपाई जति धेरै पानी पिउनुहुन्छ त्यत्ति नै तपाईको शरीरबाट विषाक्त पदार्थहरु विसर्जन हुन्छन् ।

निरन्तर टाउको दुखाई र माइग्रेन समस्याको प्रमुख कारण भनेको शरीरमा पानीको कमी हुनु हो । त्यसैले खाली पेटमा पानी खाँदा टाउकोका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

खाली पेटमा पानी पिउनाले तपाईको शरीरको तौलमा कमि आउछ । पानीमा कुनैपनि चिल्लो पदार्थ या क्यालोरी नहुने भएकाले यसले तपाईको शरीरको तौललाई घटाउने काम गर्छ ।

तपाईलाई भोक नलाग्ने समस्या छ भने खाली पेटमा प्रशस्त पानी पिउनुहोस् । यसले तपाईको शरीरको मललाई निस्कासन गरेर भोक जगाउने काम गर्छ ।

खाली पेटमा पिएको पानीले तपाईको शरीरको रंगमा चमक ल्याउने साथै छालालाई सफा राख्ने काम गर्छ । शरीरका विशाक्त पदार्थहरु बाहिर निकालेर यसले भित्रि एवम् बाहिरी छालाको भागलाई सफा राख्छ ।

यदि तपाईलाई बिहान उठ्न गाह्रो लाग्छ शरीरमा आलस्यता आउँछ भने उठेर पानी पिउनुहोस् । तपाईको खाली पेटको पानीले रातो रगत कोशिकालाई चाँढो बढाउन मद्दत गर्छ जसबाट शरीरमा अक्सिजन र ऊर्जाहरु सञ्चार हुन्छन् ।

खाली पेटमा एक गिलास पानी पिएमा त्यसले शरीरमा संचित खाद्यहरुबाट पोषण तत्व चाँढो प्राप्त गर्न मद्दत गर्छ । यसले गर्दा आन्द्राहरु सफा र खुल्ला रहने गर्छ ।

The post खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदाहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles