Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

निन्द्राको समस्या भोगिरहनु भएको छ, यसो गर्नुहोस्

$
0
0

एजेन्सी, २ फागुन । एक स्वस्थ मानिसलाई विस्तारामा पल्टेपछि १० देखि १५ मिनेट सम्ममा निन्द्रा लाग्छ र करीव ७ देखि ९ घन्टासम्म सुत्ने गर्छ । तर कहिले काही निन्द्रा नलाग्न पनि सक्छ । त्यस्तो बेलामा के गर्ने ?

आउनुस हेरौँ निदाउने घरेलु उपाय :सुत्ने बेलामा मोबाईल, ल्यापटप, टिभी जस्ता इलोक्ट्रोनिक साधन बन्द गर्नुस् ।

सुत्नु अघि अल्कोहलजन्य पदार्थको सेवन नगर्नुस् । निन्द्राको समस्या भोगिरहनु भएको छ भने बिहान सवेरै उठ्ने बानी पार्नुस् । यसले केही हदसम्म समस्या दूर गर्छ ।साँझको समयमा दिनभरीका कामको तनाव, समस्या आदिको बारेमा सोँच्न बन्द गर्नुस् ।

बिहान अथवा बेलुका केही समय हिड्ने, दौडने, स्वीमिङ, योगा जस्ता शारीरिक ब्यायाम तथा क्रियाकलापमा सहभागी हुनुस् ।

सुत्नु भन्दा ३० मिनेट अगाडि तातो रस, सुप, झोल पिउने बानी गर्नाले मिठो निन्द्रा लगाउन मद्दत गर्छ ।

संगितले मन मस्तिष्कलाई तनावबाट टाढा राख्छ । दिनहुँ केही समय संगितमा ध्यान दिनाले छिटो, गहिरो र मिठो निन्द्रा लाग्छ ।

The post निन्द्राको समस्या भोगिरहनु भएको छ, यसो गर्नुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles