Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

ई सिगरेट स्वास्थका लागि कति हानिकारक

$
0
0

एजेन्सी, २८ माघ । चुरोट पिउने र ई सिगरेट पिउने व्यक्तिमा थियोरोडोक्सिन नामक प्रोटिनको मात्रा नपिउनेको तुलनामा निक्कै बढी हुने अध्ययनले देखाएको छ ।

थियोरोडोक्सिन सामान्यत फोक्सोको संक्रमणलाई निरुत्साहित गर्न निस्कने प्रतिरोधात्मक प्रोटिन हो ।

यसैगरी ई सिगरेट पिउनेमा न्युटोफिल ग्लानुरोसाइट तथा मार्टिक्स मेटालोप्रोटिनाइटिस ९ (एमएमपी ९)को मात्रा चुरोट पिउने र चुरोट नापिउनेको तुलनामा बढी पाइयो । यो प्रोटिन पनि फोक्सोमा लाग्ने घातक रोगसंग सम्बन्धित भएको अध्ययनले देखाएको छ।

म्युसिनको मात्रा भने चुरोट पिउनेमा बढी , चुरोट नपिउनेमा तथा ई(सिगरेट पिउनेमा उस्तै मात्रामा भेटिएको अनुसन्धानकर्ताले बताए । जबकी म्युसिनको कम्पोजिसन (जुन फोक्सोको रोग संग सम्बन्धित छ ) भने चुरोट पिउने र ई( सिगरेट पिउनेमा उस्तै भेटिएको छ।

यिनै अध्ययनको तथ्यांकलाई विश्लेषण गर्दा ई सिगरेटलाई चुरोटको विकल्पको रुपमा प्रयोग गर्न नसकिने र यो बिषयमा थप आवश्यक रहेको अध्ययनकर्ताहरुको बताएका छन् ।

The post ई सिगरेट स्वास्थका लागि कति हानिकारक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles