Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

नेपालमा एचआईभी संक्रमितको संख्या ३२ हजार बढी

$
0
0

भक्तपुर, २८ माघ । नेपालमा एचआईभी संक्रमितको संख्या ३२ हजार नाघेको छ ।
अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा आज भक्तपुरमा शुरुवात नामक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराईएको हो ।

कार्यक्रममा एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) का प्रतिनिधि रवि सिंहले हालैको तथ्याङ्कअनुसार ३२ हजार ७३५ एचआईभी संक्रमित रहेको र त्यसमध्ये २३ हजार एचआईभी संक्रमितको पहिचान भएको र अझै १० हजारको पहिचान हुन बाँकी रहेको बताए ।

एचआईभी पहिचान भएकामध्ये ८५ प्रतिशतलाई यौन सम्बन्ध कै माध्यमबाट संक्रमण भएको बताउँदै उनले युवा पुस्तामा असुरक्षित यौन सम्बन्ध बढ्दै गएकाले युवालाई कण्डम प्रयोगबारे चेतना दिनुपर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनमा शुरुवात संस्थाकी कार्यकारी निर्देशक राजेश दीदीयाले सरकारले संचालन गरेको देशभरका ६७ वटा एआरटी सेन्टरमा १३ हजार संक्रमितले औषधि सेवन गरिरहेको बताइन् । उनले भक्तपुरमा मात्रै एक हजार १०० एचआईभी संक्रमित रहेको बताइन् ।

The post नेपालमा एचआईभी संक्रमितको संख्या ३२ हजार बढी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles