Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

आखाँको ज्योति बढाउन चाहनुहुन्छ, भोजनमा नछुटाउनुहोस् यी चिज

$
0
0

एजेन्सी, २६ माघ । आँखाको रोशनी कमजोर भएपछि चस्मा लगाउनु सामान्य कुरा हो । तर चस्माले पार्ने असहजताले मानिसहरु चस्माबाट मुक्ति पाउने प्रयास गरिरहेका हुन्छन् । कतिपाय यसलाई जीवनभरको बोझको रुपमा लिन्छन् ।

तर, सही उपचार पाउने हो र स्वस्थ्य जीवनशैली अप्नाउने हो भने चस्मालाई उतार्न सकिन्छ । यसका लागि आफ्नो खानपानमा विशेष ध्यान पुर्‍याउनुका साथै केही चीजहरुको दैनिक सेवन गर्नुपर्छ ।

यदि चस्माबाट चाँडो मुक्ति पाउन चाहानुहुन्छ भने मिश्री र जीरालाई पिसेर त्यसको पेस्टलाई घ्यूको साथमा प्रत्येक दिन एक चम्ची सेवन गर्नुहोस् ।

दैनिक बिहान तीन वा चारवटा अलाइचीको साथमा पान जीरालाई पिसेर त्यसको पिठोलाई एक गिलास दूधसँग सेवन गर्नुभयो भने यसले तपाईको आँखाबाट चस्मा चाँडै उतार्ने काम गर्छ ।

त्यस्तै अर्को एक चम्ची पान जीरा, दुईवटा बदाम र आधा चम्ची मिश्रीलाई पिसेर त्यसलाई एक गिलास दूधमा मिसाएर राती सुत्नु अघि प्रयोग गर्नु भयो भने त्यसले आँखाको रोशनीलाई अझ तेजिलो बनाउँछ ।

प्रत्येक रात मुठ्ठीभरको बदामलाई पानीमा भिजाएर राख्नुहोस् र बिहान त्यसलाई खानुहोस् यो चस्माबाट मुक्ति पाउने उत्तम उपाय हुनेछ ।

साथै, अमलाको अचार प्रयोग गर्नुभयो भने आँखाको दृष्टि तेज हुनुका साथै धेरै किसिमका रोगहरुबाट पनि मुक्त हुनसकिन्छ ।

आफ्नो कन्चटमा घरेलु घ्यूले प्रत्येक मिनेट जति मसाज गर्नु भयो भने यसले पनि आँखाको दृष्टिलाई बढाउने काम गर्छ ।

 

 

The post आखाँको ज्योति बढाउन चाहनुहुन्छ, भोजनमा नछुटाउनुहोस् यी चिज appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles