काठमाडौँ, १७ माघ । नरीवलको पानीमा प्रसस्त मात्रामा खनिज पदार्थ र पाचन प्रक्रिया स्वस्थ राख्ने पदार्थहरु पाइन्छन् । त्यसैल हरेक दिन यसको सेवन गर्नाले ग्यास्ट्राइटिस घटाउन मद्दत गर्छ ।
काँचो आलु लिएर त्यसलाई पिँधी त्यसको रस निकाल्नुस् र दिनको तीन पटक आधा कचौरा खाना खानु भन्दा १५ मिनेट अगाडि पउिनुस् । यो ग्यास्ट्राइटिस हराउने सर्वोत्कृष्ट तरिका हो ।
फलफूलका जुसले पनि ग्यास्ट्राइटिसको समस्या कम गर्न मद्दत गर्छ । त्यसैगरी कागतिको रसमा अलिकति नुन मिसाएर पिउनाले प्राकृतिक तरिकाले ग्यास्ट्राइटिस कम हुन्छ ।
मासु, अल्कोहल, सूर्तीजन्य पदार्थ, कफि, चिया, मसालेदार खाना, जङक खाना जस्ता खानेकुराबाट टाढै रहूँ ।
बिहान बेलुका हिड्ने स्वीमिङ गर्ने जस्ता हल्का शारीरिक कसरतमा ध्यानदिनुस् र मानसिक तनावबाट टाढा रहनुस् ।
एकैचोटी धेरै खाना खानुभन्दा धेरै पटक कम वा थोरै थोरै खाना खानु उत्तम हुन्छ किनभने यसले तपाईको पेटलाई हल्का बनाउँछ र पाचन प्रकृयालाई सरल बनाउँछ ।
The post ग्यास्ट्रिकले सतायो, यी उपायहरु अपनाउनुहोस् appeared first on Sajha Post.