एजेन्सी, १४ माघ । नेदरल्याण्डस्थित एम्सटर्डमको एउटा टिभी च्यानलले एकदमै अचम्मको परीक्षण गरेको छ । उक्त मिडियाको एक समूहले मिलेर त्यहाँको बजारबीचमा सेक्स डलहरु राखिदिएका छन् । त्यहाँ सेक्स डलहरुको वेश्यालय बनाइएको छ । साथै मानिसहरुलाई त्यहाँ आउनका लागि अपिल पनि गरिएको छ ।
सेक्स, ड्रग्सजस्ता विषयहरुमाथि डक्युमेन्ट्री बनाउने उक्त च्यानलका एकजना सदस्य थिज्स भरहेजीले सेक्स डलहरुको विषयमा संसारभरी विभिन्न प्रतिक्रिया आइरहेको र महिलाहरुको स्थानमा ति डलहरुको वेश्यालय बनाउँदा यसको नतिजाबारे जान्न उत्सुक भएर त्यस्तो प्रयोग गर्न लागिएको बताएका छन् ।
वैज्ञानिकहरुले पनि आउने समयमा सेक्स डल मानव जिन्दगीको एउटा प्रमुख हिस्सा बन्ने बताएको भरहेजीले जानकारी दिए । उनका अनुसार २०३० सम्म उक्त डल धेरैजसो घरहरुमा पाइने र मानिसहरु तिनीहरुका साथ शारीरिक आनन्द महसुस गर्नसक्ने बताए ।
उक्त च्यानलका केही विज्ञहरुले सेक्स डलका कारणले यौन अपराधमा पनि कमि आउन सक्ने साथै गैरकानूनी ढंगबाट चलिरहेका वेश्यालय पनि बन्द हुनसक्ने बताएको जनाएको छ ।
टिभी च्यानलमा त्यस डलको प्रयोगका लागि ४ हजार रुपयाँ तिरिएको बताइएको छ । यसको प्रयोगपछि मानिसहरुलाई यसको भविष्यको बारेमा प्रश्न गरिने बताइएको छ । यसमाथि बनाइएक डक्युमेन्ट्री अर्को हप्ता सार्वजनिक हुने पनि बताइएको छ ।
The post सेक्स डलमाथि यसरी गरिदैँछ नयाँ प्रयोग appeared first on Sajha Post.