Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

महिनावारीको समयमा सम्भोग गर्नु सही कि गलत ?

$
0
0

महिनावारीको समयमा यौन सम्बन्ध बनाउनु प्रतिकुल हुन्छ भन्ने हुँदैन । कतिपय महिलाहरु अझ महिनावारीको समयमा त्यस्तो सम्बन्धमा आनन्द महसुस गर्छन् ।

महिनावारीको समयमा हुने यौन क्रियाकलापले शरीरको अतिरिक्त दुखाईलाई कमि गर्ने पनि कतिपयले अनुभव सुनाउँछन् । ‘सेफालालगिया’मा २०१३ मा प्रकाशित एउटा अध्ययनले यस्तो अवस्थामा हुने सम्बन्धले माइग्रेन र टाउकोको झन्झनाहटलाई पनि निर्मूल गर्ने उल्लेख गरिएको छ । तर, महिनावारीको समयमा महिलाहरुले यौनसम्बन्धबाट हुने संक्रमण र गर्व रहने खतरालाई ख्याल भने राख्नुपर्दछ ।

सामान्यतया महिनावारीको समयमा हुने संभोग क्रियामा गर्भ रहने खतरा रहँदैँन तर यदि कुनै महिलाको महिनावारीको समयचक्र २१ देखि २४ दिनसम्मको छ भने महिनावारीको अन्तिम समयतिर राखिने सम्बन्धले यसले खतरा निम्त्याउन सक्छ ।

यदि तपाई महिनावारीको समयमा यौन सम्बन्ध राख्दै हुनुहुन्छ भने तपाईलाई चिप्लोपनाको आवश्यकता पर्दैन । महिनावारीमा हुने स्रावले प्रशस्त चिप्लोपना दिन्छ ।

यदि तपाई आफ्नो महिनावारीको समयमा चिडचिडाहट, तनाव र दुःखी हुनुहुन्छ भने यस्तो समयमा यौन सम्बन्ध एकदमै लाभदायक हुन्छ । चिकित्सक डा. स्ट्रिचरका अनुसार यस्तो संभोगको अवस्थामा तपाईको शरीरबाट ‘अक्सिटिन’ र ‘डोपामिन’ जस्ता असल हर्मोनहरुको उत्सर्जन हुने भएको हुँदा तपाई सुखी र खुसी रहनसक्नुहुन्छ ।

महिनावारीको समयमा राखिने यौनसम्बन्धमा मानिसहरु अझ धेरै उत्तेजित र रोमाञ्चित हुने बताइन्छ । किनभने यस्तो अवस्थामा तपाईको शरीरमा हर्मोनहरुको परिवर्तनको मात्रा उच्च हुने गर्छ ।

हल्सका अनुसार कतिपय महिलाहरु यस्तो अवस्थामा राखिने सम्बन्धका  कारण आफ्नो यौनाङ्गमा संकुचन महसुस गर्छन् जसले यौन चाहनामा अझै वृद्धि गर्छ । तर यस्ता अतिरिक्त अनुभूतिहरुलाई कति महिलाहरु भने संभोगका लागि प्रतिकूल मान्दछन् । यसको एउटै मात्र राम्रो उपाय भनेको सम्बन्ध राख्नु पूर्व दुवैलाई सहजताको अवस्था महसुस हुनु पर्दछ । साथै यस्तो अवस्थामा कुनैपनि विषयमा पूर्वानुमान लगाएर अतिरिक्त तनावहरु लिनु उपयुक्त हुँदैन ।

The post महिनावारीको समयमा सम्भोग गर्नु सही कि गलत ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles