Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

चिया पिउनु अघि ख्याल गर्नुहोस् यस्ता कुरा

$
0
0

एजेन्सी। जाडोमा चियालाई सबैभन्दा उपयुक्त मानिन्छ । तर कतिपय मनिसलाई छिनछिनमै चिया पिउनुपर्ने बानी हुन्छ । ब्रिटिस मेडिकल जर्नलले गरेको एउटा अध्ययन अनुसार धेरै चिया पिउने मानिसहरु गम्भीर रोगको शिकार बन्न सक्छन् । एकदिनमा तीन कप भन्दा धेरै चिया पिउने मानिसहरुको स्वास्थ्यमा यसले धेरै नोक्सान पुर्याउँछ । त्यसकारण यी उपायहरु अपनाउनुहोस् र यसबारे जानकारी लिइरहनुहोस् ।

चिया पकाउँदा यी पाँच कुरामा ख्याल गर्नुपर्छ :

१. चियापत्ति, दुध र चिनीलाई एकैसाथ उमालेर चिया पकाउनु हुँदैन । पहिले पानी उमाल्ने अनि चियापत्ति हाल्ने र अन्तिममा मात्र दुध हालेर पकाउनुपर्छ ।

२. चियाको पानीलाई एकपटक उमाल्दा ठीक हुन्छ । तीन मिनेट भन्दा धेरै समय चिया उमाल्दा पानीमा अक्सिजनको कमी हुन्छ र चियाको स्वाद पनि खराब हुन्छ ।

३. चियापत्तिलाई सधैँ उम्लिरहेको पानीमा मात्र हाल्नुपर्छ । यसो गर्दा चियाको रङ र स्वाद दुवै राम्रो हुन्छ ।

४. आधा घन्टा भन्दा बढी समय राखिएको चिया पिउनु हुँदैन । यसले अन्य खानेकुराहरु अपच गराउन सक्छ ।

धेरै चिया पिउनाले यस्ता समस्या निम्तिन्छन् :

१. धेरै तातो चिया पिउने मानिसको मुख र पेटलाई जोड्ने नलीहरु खराब हुँदै जान्छन् । यसले क्यान्सर पैदा गर्न सक्छ ।

२. चियामा फ्लोराइड नामक तत्व हुन्छ । त्यसकारण धेरै चिया पिउने मानिसको हड्डी कमजोर हुँदै जान्छ ।

३. धेरै चिया पिउने मानिसलाई बारम्बार पिशाब आइरहन्छ । यस्तोमा शरीरका लागि आवश्यक पोटासियम र सोडियम जस्ता मिनिरल शरीरबाट बाहिर निस्किन्छन् जसले कमजोरी बढाउँछ ।

४. चियामा टैनिन र टायलिन जस्ता पदार्थ हुन्छन् जसले पेटमा समस्या गराउन सक्छ र अपच हुने समस्या देखा पर्छ ।

५. चियामा क्याफिन हुन्छ । त्यसैले यसलाई बारम्बार पिउने गर्दा टाउको दुख्ने र थकान महसुस हुने समस्या हुन्छ ।

चिया धेरै पिउँदा हानिकारक हुने भएपनि यसलाई ठीक मात्रामा पिउँदा भने स्वास्थ्यलाई फाइदा गराउँछ । त्यसकारण दिनमा तीनकप भन्दा बढी चिया पिउने गर्नु हुँदैन ।

 

The post चिया पिउनु अघि ख्याल गर्नुहोस् यस्ता कुरा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles