Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

पथ्थरीबारे यस्ता कुरामा ख्याल राख्न जरुरी

$
0
0

एजेन्सी । किड्नी हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अङ्ग हो । प्राकृतिक रुपमा किड्नी बलियो अङ्ग भएपनि कतिपय अवस्थामा हाम्रा लापरबाहीले यसमा विभिन्न समस्या उत्पन्न हुने गर्छन् । त्यस कारण स्वस्थ रहन किड्नीको ख्याल राख्नु जरुरी छ ।

के हो पथ्थरी ?
किड्नीले हाम्रो रगतलाई शुद्ध पार्दा त्यसमा सोडियम, क्याल्सियम बाहेक अन्य मिनिरल पनि अवशेषका रुपमा रहेका हुन्छन् । र यी सबै फोहोरहरु हाम्रो पिशाब थैलीमा पुगेर पिशाब बनी बाहिर निक्लने गर्छन् । तर, कुनै बेला रगतमा यस्ता पदार्थको मात्रा बढी भएमा यिनीहरु ढुङ्गाको आकार बनाएर जम्न थाल्छन् । यस्ता टुक्राले फोहोरलाई पिशाब थैलीसम्म पुग्नबाट रोक्छ र पिशाबमा समेत समस्या देखा पर्न थाल्छ ।

पथ्थरीको उपचार औषधिले पनि गर्न सकिन्छ । सामान्य हुँदा औषधि खाएर पनि निको हुन सकिन्छ तर रगतमा क्याल्सियमको मात्रा अधिक हुँदा किड्नीमा भएका पथ्थरीहरु झनै कडा हुन थाल्छन् र तिनीहरुलाई निकाल्न शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।

यस्ता लक्षणहरु कस्ता छन् ?
किड्नीमा समस्या भएका मानिसको शरीरमा यसका असरहरु स्पष्ट देख्न सकिन्छ । तर कतिपय मानिसहरुले लापरबाही गरेर यसप्रति ध्यान नदिने भएकाले यो समस्या बढ्दै जान्छ र अन्त्यमा शल्यक्रिया गर्न बाध्य हुनुपर्छ । बेस्सरी पेट दुख्नु, बारम्बार शौचालय जानु पर्ने हुनु, पिशाब गर्दा दुख्ने, पिशाबबाट रगत आउने, हल्का ज्वरो आउने, भोक नलाग्ने, शरीरमा अफ्ठ्यारो महसुस हुने जस्ता लक्षणले तपाईको किड्नीमा समस्या भएको बताउँछ ।

यसबाट कसरी बच्ने ?
पथ्थरी बन्नबाट बचाउनका लागि सबैभन्दा उपयुक्त उपाय धेरै पानी पिउनु हो । किड्नीमा पथ्थरी बन्न दिने पदार्थहरुलाई शरीरबाट बाहिर निकाल्न धेरै भन्दा धेरै पानी पिउने गर्नुपर्छ । सोडियम धेरै हुने खानेकुरा कम मात्रामा सेवन गर्नुपर्छ । चिप्स, प्याकेटका सब्जी, सुप जस्ता खानेकुरा खानु हुँदैन । चकलेट, कफी, बदाम जस्ता खानेकुरा कम मात्रामा सेवन गर्नुपर्छ । माछामासु पनि एकैपटकमा धेरै खानु हुँदैन ।

 

The post पथ्थरीबारे यस्ता कुरामा ख्याल राख्न जरुरी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles