काठमाडौँ, १३ कात्तिक । मुत्रथैलीको मांसपेशी मोटो र औधी संवेदनशील हुन्छ। त्यसैले थोरै पिसाब भएको अवस्थामा पनि थैली खुम्चिन्छ र बारबार पिसाव फेर्नुपर्ने हुन्छ। अन्ततोगत्वा मुत्रथैली कमजोर भएर जान्छ र पिसाब निखार्न सक्ने क्षमता गुम्छ। त्यसैले पिसाब फेरेर अल्ट्रासाउन्ड गर्दा थैलीमा पिसाव बाँकी रहेको देखा पर्छ। मुत्रनलीको सुरुको भाग साँघुरिनु र मुत्रथैलीमा निखार्न नसकेको पिसाव रहनुले प्रस्टेट ग्रन्थी मांसपेशी कोशिकाको अतिवृद्धिका लक्षण देखा पर्छन्। तर, पुरुषहरु सधैँ प्रोस्टेटले समस्या गरेको छ भन्ने महसुस गर्दैनन्। यस्ता पुरुषले एलर्जीको वा रुघाखोकीमा प्रयोग हुने औषधि सेवन गर्दा, लामो समय पिसाव रोक्दा, रक्सी सेवन गर्दा, चिसोमा बस्दा वा धेरै दिन दिसा नगर्दा एक्कासी पिसाब रोकिएपछि ग्रन्थीको समस्या रहेको चाल पाउँछन्।
प्रोस्टेट ग्रन्थी मांसपेशी कोशिकाको अतिवृद्धिले उग्ररुप लिएमा मुत्रथैलीको निकास पूरै टालेर पिसाब रोक्न सक्छ। ग्रन्थी वृद्धि वा खुम्चिएर मुत्रथैली निकास तथा मुत्रनलीको सुरुको भागमा अवरोध उत्पन्न गरे तल्लो भाग संलग्न मुत्र पद्दतिको लक्षणहरु देखा पर्न थाल्छन्।
मुत्र प्रणालीमा देखापर्ने लक्षण दुई प्रकारका हुन्छन् ।
१. उत्तेजनात्मक लक्षणः छिटोछिटो पिसाव फेरिरहनुपर्ने, पिसाब लागेपछि रोक्नै गाह्रो पर्ने, राति पिसाब फेर्न उठिरहनुपर्ने, पिसाब फेर्दा पोल्ने९जलन हुने र दुख्ने तथा पिसाबको मात्रा थोरै हुने। यसप्रकारका लक्षण बिरामीलाई बढी पिरोल्ने तथा क्रुद्ध पार्ने वा अप्ठेरो महसुर गराउने हुन्छन्।
२. अवरोधजन्य लक्षणः पिसाब लागेर फेर्न जाँद पनि केहीबेर कुरेपछि मात्र आउने, पिसाब फेर्न कुर्नुपर्ने, पिसाबको धारा कमजोर तथा मसिनो हुने, पिसाब निखार्न लामो समय लाग्ने, पूरै पिसाब ननिख्रने र पिसावको थैली तन्केर कमजोर भएको अवस्थामा सुतेको बेला वा अरु समय पनि पिसाव अनियमित हुने गर्दछ।
The post पिसाव सम्बन्धी यस्तो समस्या छ, ख्याल गर्नुहोस् appeared first on Sajha Post.