काठमाडौँ, १३ कात्तिक । युनिभर्सिटी अफ क्यालिफोर्नियाका एक जना प्रोफेसरले हालै गरेको आफ्नो एक खोजमा मुस्कान केवल मनलाई खुशी दिने मात्रै नभई स्वास्थ्य उपचारको अचुक माध्यम समेत रहेको पत्ता लगाएका छन् । खोजकर्ता प्रोफेसर जोन डाल्तनको तर्क छ, मुस्कुराउदा खेरी अनुहार देखि घाँटीसम्मको मांसपेशीको ब्यायम हुन्छ । अनि अनुहारको सबै मांसपेशी कस्सिएर छाला चाउरी पर्न समेत दिदैन ।
उता बोस्र्टन युनिभर्सिटीमा गरिएको अर्को खोजमा मुस्कुराएर गरिएको काम पुरा हुने सम्भावना ५० प्रतिशतले बढ्न जान्छ । यदी तपाईँ कोहीसंग पहिलोपटक भेट्दै हुनुहुन्छ भने मुस्कुराउने गर्नुस । यसले भेटघाटको माहोल नै रमाइलो र सुन्दर बनाउछ जसका कारण तपाईँ खुलेर कुराकानी गर्न सक्नुहुन्छ ।
अनि मुस्कान तपाईँको निजी जीवनमा मात्रै होइन व्याबसायीक जीवनमा पनि धेरै महत्वपूर्ण हुन्छ । जब तपाईँ विहान देखी नै मुस्कुराएर आफ्नो कामको सुरुवात गर्नुहुन्छ । तपाईँको पुरा दिन नै खुशीसंग वित्छ ।
The post स्वस्थ रहने अचुक उपाय appeared first on Sajha Post.