एजेन्सी, ११ असोज । पेटभित्र जति अंग छ ती अंगहरुको नियमित सञ्चालन प्रकृयामा अवरोध भयो पेट दुख्छ । दाया-बाँया कोखा, नाइटोको वरपर तल वा माथि पेट दुखाईका केन्द्र मानिन्छ । तर यसका भित्री भागमा रहेका अंगमा हुने गडबडीले पेट दुख्ने गर्छ ।
ग्यास्ट्रोलोजिष्ट डा.श्रेष्ठ भन्छन, ‘पेट र यसभित्र रहका अङ्गहरूको सञ्चालन प्रक्रियामा कुनै गढबडी वा अवरोध हुनासाथ पेटमा समस्या देखा पर्छन् । जसको लक्षण पेट दुखाइ, झाडापाखाला, डकार बाट देखिन्छ ।’
डाक्टर श्रेष्ठका अनुसार सबैभन्दा बढी आमाशय, पेङ्क्रियाज, गल्डब्लाडर (पित्तथैली), सानो आन्द्रा, ठूलो आन्द्रा र मृगौलाबाट जाने नली युरेटरमा गडबढ हुँदा पेट दुख्छ । जब पानी वा खानाका माध्यमबाट पेटमा पुगेका भाइरस वा ब्याक्टेरिया सजिलै पाचन प्रणालीमा घुल्छन् त्यसले नियमित प्रकृयालाई अवरोध सिर्जना गर्दछ । जब नियमित प्रक्रियामा असर पुग्छ मस्तिष्कले त्यसको तत्काल संकेत पाउछ र हामीमा दुखईको महसुस हुन्छ’ डा श्रेष्ठले भने । खाना र पानी नै दूषित हुँदा सुरुमा झाडा पखालादेखि, ग्यास्ट्रिक, अल्सर हुँदै क्यान्सरसम्म हुने गर्छन् ।
The post किन दुख्छ पेट ? appeared first on Sajha Post.