काठमाडौं । अन्य फलफूलजस्तै अम्बा सेवनले पनि शरीरलाई फाइदा पुर्याउँछ । अम्बामा ‘भिटामिन सी’को मात्रा अत्याधिक हुन्छ । यसमा सुन्तलामा भन्दा चार गुणा बढी भिटामिन सी पाइन्छ ।
आँखाको दृष्टिमा सुधार ल्याउँछ
यसमा ‘भिटामिन ए’ पाइने भएकाले यसले नेत्र स्वास्थ्यका लागि राम्रो गर्छ । यसले मोतिबिन्दु हुनबाट बचाउँछ ।
क्यान्सरको खतरा कमी गराउँछ
अम्बामा पाइने लिसोपिन, भिटामिन र अन्य पोलिफेनल तत्वहरु एन्टिअक्सिडेन्टको काम गर्छन्, जसले शरीरमा उत्पन्न हुने तत्वलाई रोक्छ । जसले क्यान्सरका हुनबाट बचाउँछ ।
वजन घटाउन सहयोग गर्छ: अम्बामा हुने प्रोटिन, भिटामिन र फाइबरले तौल घटाउनका साथै मोटाबोलिजम नियमन गर्न सहयोग गर्छ ।
चाउरिपना कम गराउँछ
यसमा भिटामिन ए, भिटामिन सी र क्यारोटिन र लिसोपिनजस्ता एन्टीअक्सिडेन्ट पाइन्छ । जसले छाला चाउरिन दिँदैन ।
The post यस्ता छन् अम्बा खानुको विशेष फाइदा appeared first on Sajha Post.