Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

उभिएर पानी पिउनु हुन्छ ? थाहा पाउनुहोस् यसका नकारात्मक असरहरु

$
0
0

पानी शरीरका लागि कति आवश्यक छ भन्ने कुरा सायद सबैलाई थाहा छ । दिनमा २ लिटर पानी अनिवार्य पिउनुपर्ने डाक्टरहरुले समेत सल्लाह दिन्छन् । तर आवश्यकता पर्ने पानी पिउँदा पनि मानव स्वास्थ्यका लागि असर  पुग्न सक्छ । त्यसमा पानी कसरी पिउने भन्ने कुराले पनि भूमिका खेलेको हुन्छ ।  पानी सही तरिकाले नपिएमा यसले शरीरलाई हानी पनि गर्न सक्छ ।

पानी पिउदा कसैकसैको उभिएर पिउने बानी हुन्छ तर के तपाईलाई थाहा छ यसले स्वास्थ्यमा कसरी नकारात्मक असर पुर्‍याउँछ ? उभिएर पानी पिएमा पानीसँग सम्बन्धित विभिन्न रोगहरु लाग्ने खतरा हुन्छ । यसैका बारेमा आज हामी तपाईहरुलाई सचेत गराउन जाँदैछौं ।

पेटमा असर
जब हामी उभिएर पानी पिउछौँ तब पानी सजिलै र सिधै हाम्रो पेटको खाद्य नलीको अन्त्यमा पुग्छ र तलपट्टीको पेटलाई असर पार्छ । यसले पेटको भित्री पर्खालको आसपासमा भएका अङ्गहरुलाई समेत हानी गर्छ । लामो समयसम्म यस्तो भएमा यसका कारणले पाचन प्रक्रिया र मुटुमा समस्या देखा पार्छ ।

किड्नी खराब
हामीले उभिएर पानी पिएको बेलामा पानी तेजीका साथ किड्नीले छान्न नपाउँदै भित्र पस्छ । यसका कारण पिसाब थैली र रगतमा विकार पदार्थहरु जम्मा हुन्छन् जसले विभिन्न रोगहरु निम्त्याउन सक्छ ।

जोर्नीको समस्या
उभिएर पानी पिउदा यसले शरीरका अन्य तरल पदार्थहरुको सन्तुलन बिगार्छ । साथै यसले जोर्नीमा आवश्यक तरल पदार्थको पनि कमी गराउँछ । जसले जोर्नी दुख्ने र गाँठो पर्ने जस्ता समस्या उत्पन्न हुन्छन् ।

The post उभिएर पानी पिउनु हुन्छ ? थाहा पाउनुहोस् यसका नकारात्मक असरहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles