एजेन्सी । गर्मीमा खान सबैलाई मनपर्छ । गर्मी मौसममा सबैलाई आलस्य महसुस हुने भएकाले दहीलाई आफ्नो खानामा समावेश गराएमा फुर्तिलो महसुस हुन्छ । यस्तोमा डाक्टरले समेत खानामा दहीलाई सहभागी गराउनुपर्ने सल्लाह दिन्छन् ।
दहीमा राम्रो ब्याक्टेरिया, क्याल्सियम, भिटमिन्स र मिनरल्स् प्रशस्त मात्रामा हुने भएकाले पनि दही हाम्रो शरीरका लागि अत्यन्तै फाइदाकारक मानिन्छ । यसका साथै दहिले शरीरका अनावश्यक तत्वहरुलाई पनि हटाइदिने हुनाले दही स्वास्थ्यका हिसाबले निकै महत्वपूर्ण मानिएको हो । यसलाई अझ प्रभावकारी बनाउनका लागि हामीले यी पाँच खानेकुराहरुलाई मिसाएर खाँदा राम्रो हुन्छ ।
१. भुटेको जीरा
डाक्टरहरुले बताए अनुसार दहीमा भुटेको जीरा हालेर खाँदा यसले भोक लगाउँछ र साथै पाचनमा पनि मद्दत गर्छ ।
२. दहीमा मह मिसाउँदा
के तपाईले दहीमा मह मिसाएर खानुभएको छ ? डाक्टरहरुका अनुसार यस्तो दहीले पूर्ण रुपमा एन्टिबायोटिकको काम गर्छ र यसले अल्सरलाई समेत राहत दिलाउँछ ।
३. मरिचसँग मिसाएर खाने
दहीमा मरिच मिसाएर खाएमा मोटोपनाबाट राहत पाउन सकिने विज्ञहरुले बताएका छन् । मरिचले तपाईको शरीरबाट बढि भएको क्यालोरी विनाश गरिदिने हुनाले यसले तपाईको मोटोपना नियन्त्रण गर्न मद्दत् पुर्याउँछ ।
४. सुख्खा फल मिसाउने
दहीमा सुख्खा फल र चीनी मिसाएर खाएमा शरीरको कमजोरी हट्छ र यसले दुब्लोपनामा पनि सुधार ल्याउन सक्छ ।
५. अजवाइन
दहीमा अजवाइन मिसाएर खाँदा पाइल्सबाट राहत पाउन सकिन्छ ।
The post यी पाँच खानेकुरा दहीसँग मिसाएर खाएपछि फाइदै फाइदा appeared first on Sajha Post.