काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९१५ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी ६ हजार २ नमुना परीक्षण गर्दा ९१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
३ हजार ९१ पीसीआर परीक्षणमा ५९० र २ हजार ९११ एन्टिजेन परीक्षणमा ३२५ जना संक्रमित फेला परेका हुन्।
यो अवधिमा ३०१ जना निको भएका छन्। बुधबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ। २४ घण्टामा ५५ हजार ५५९ जनाले खोप लगाएका छन्।