काठमाडौं । कोरोना संक्रमणबाट देशभर आज २ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार दुईजनाको मृत्यु हुँदा ३४७ जना संक्रमित भेटिएका छन्।
३ हजार ८८८ जनामा गरिएको परीक्षणमा ३४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज ९५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। नेपालमा कोभिड सक्रिय संक्रमितको संख्या ३ हजार नाघेको छ। हालसम्म देशभर ३ हजार १७७ जना सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौंमा १ हजार ७६३ जना, ललितपुरमा ३१३ जना र भक्तपुरमा ८९ जना रहेका छन्।
यस्तै हाल देशभर २२ जना संक्रमित आइसियुमा, २ जना भेन्टिलेटरमा, १४२ जना संस्थागत आइसोलेशन र ३ हजार ३५ जना संक्रमित होम आइसोलेशनमा रहेका छन्।