Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

ह्वात्तै बढ्यो कोरोना, एकै दिन थपिए ५० संक्रमित

$
0
0

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४६७ जनाको पीसीआर परीक्षणमा ३५ जना र १ हजार ३४७ जनाको एन्टीजेन परीक्षणमा १५ जना गरी ५० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २९७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २९१ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार २१७ पुगेको छ । मृत्यु भने कसैको पनि भएको छैन ।


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles