Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

काठमाडौंमा हैजा संक्रमित विरामीको संख्या ४ पुग्यो, उपत्यका भरी नै फैलिने जोखिम

$
0
0

काठमाडौं उपत्यकामा थप दुई जनामा हैजाको संक्रमण पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणबाट थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ। केही दिनअघि मात्रै काठमाडौंको बागबजारका एकै घरका दुई जनामा हैजा पुष्टि भएको थियो।

उनीहरुको टेकु अस्पतालमै उपचार भइरहेको छ। पछिल्लो समय हैजा पुष्टि भएका बिरामी ललितपुरको सानेपा क्षेत्रका हुन् । यसले हैजाको संक्रमण उपत्यका भरी नै फैलिने जोखिम बढाएको छ भन्दै यसतर्फ हामी सजग हुनुपर्ने चिकित्सकले बताएका छन् । सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार भिब्रियो कलेरा नामक ब्याक्टेरिया दूषित पानीको माध्यमबाट मानिस फैलिन्छ। हैजा छिटो फैलिने सरुवा रोग भएकाले आवश्यक सतर्कता अपनाइएन भने यो महामारीको रुपमा फैलिने जोखिम रहन्छ।

हैजा संक्रमण देखिएपछि महाशाखाले केही दिनदेखि बागबजार क्षेत्रको ढल, पानी, खाद्यलगायतको नमूना संकलन गरिरहेको छ। डा पुनका अनुसार संक्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म हैजाको लक्षण देखिन्छ। शरीर कमजोर हुने, तारन्तार चौलानी जस्तो सेतो दिसा लाग्ने, मांशपेशी बाउँडिने, वान्ता हुने र अत्यन्त थकाइ महसुस हुने हैजाका लक्षण हुन्।

यस्ता लक्षण देखिनासाथ बिरामीलाई तुरुन्त अस्पताल लैजान पुनको सुझाब छ। कडा लक्षण भएका बिरामीले बेवास्ता गरे हैजाबाट ज्यानै जान सक्छ । हैजा संक्रमणबाट जोगिन सरसफाइमा बिशेष ध्यान दिनुपर्छ। स्वच्छ पानी मात्रै पिउनुपर्छ।


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles