Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

पेटमा जुडुवा बच्चा ठानेर पाल्दा अर्कै कुरा फेला परेपछि

$
0
0

एजेन्सी, २१ जेठ । अमेरिकामा बस्दै आएकी एक महिलाको पेटको आकार हरेक महिना बढ्दै गएपछि जुडुवा बच्चाको पर्खाइमा उनी निकै खुसी हुँदै पालिरहेकी थिइन् । तर अस्पतालमा गएपछि यसबारे वास्तविक कुरा थाहा पाउँदा उनी लगायत डाक्टरहरु समेत अचम्मित परेका थिए ।

उनले सपनामा पनि सोचेकी थिइनन् की उनको पेटमा बच्चा नभएर त्यस्तो कुरा बढिरहेको छ । सिल्विया नाम गरेकी यी महिलालाई पछिल्लो वर्ष साथीहरुसँग भ्रमणमा जादादेखि पेट दुख्न थालेको थियो । उनले बताएअनुसार उनलाई त्यति बेलादेखि पेट दुख्ने गरेको थियो । अहिले भने उनको पेट ठूलो हुँदै गयो, उनलाई धेरै थकाइ लाग्न थाल्यो, सास फेर्न समेत गाह्रो भएपछि उनी अस्पताल पुगेकी थिइन् ।

त्यसपछि अस्पताल पुग्नासाथै उनको ओभरी स्क्यान गरियो । त्यतिबेला मात्रै खुलासा भएको थियो की उनको पेटमा बच्चा हैन सिस्ट बढिरहेको थियो । उनले भनिन् की उनलाई आफ्नो पेटमा त्यस्तो पनि हुन सक्छ भन्ने कहिल्यै लागेको थिएन ।

यो भयानक खुलासापछि अपरेसन गरि त्यो सिस्ट निकालिएको थियो । उनको पेटबाट १२ किलो सिस्ट निकालियो । उक्त सिस्ट बिस्तारै उनको मुटुतर्फ बढ्दै गएकाले उनमा त्यस्तो लक्षणहरु देखापरेका रहेछन् ।

The post पेटमा जुडुवा बच्चा ठानेर पाल्दा अर्कै कुरा फेला परेपछि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles