Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

भुलेर पनि यी खानेकुराहरु सँगै कहिल्यै नखानुहोस्

$
0
0

एजेन्सी, २१ जेठ । केही यस्ता खानेकुराहरु हुन्छन् जसलाई सँगै खाँदा कहिलेकाही मानिसको ज्यान पनि जान सक्छन । त्यस्ता खानेकुराहरु सँगै खानु हुँदैन ।

खानाको सोखिन मान्छेहरुलाई कुन खानेकुरासँग कुन खानेकुरा मिसाएर वा सँगै खानुहुँदैन भन्ने जानकारी हुँदैन । यसले गर्दा कहिलेकाँही कुनै दुई खानेकुरा सँगै खाँदा मानिस गम्भीर बिरामी पनि हुनसक्छन् । किनकी हरेक खाद्यान्नको कम्बिनेशन राम्रो नहुनसक्छ । यहाँ केही त्यस्ता खानेकुराको बारेमा उल्लेख गरिनेछ, जसलाई सँगसँगै खानुहुँदैन । चिकेनसँगै जुस वा मिठाई खानु हुँदैन, किनकी यसले पेटसम्बन्धी बिरामी निम्त्याउन सक्छ ।

फलफूलसँगै कहिले पनि स्टार्चयुक्त खानेकुरा खानुहुँदैन किनकी फलफूल छिट्टै पचाउन सकिन्छ, तर स्टार्चयुक्त खानेकुरा जस्तै भात वा आलुलाई पचाउन समय लाग्दछ । यसकारण यी दुवैलाई सँगै खानुहुँदैन । दूधसँगै कहिले पनि कागती वा अमिलो सुन्तला खानुहुँदैन । यदि सँगै खाइयो भने यसले एसिडिटी बढाउन सक्छ । चिसो पेयपदार्थ पिउनासाथ पुदीना सेवन गर्नु हुँदैन ।

The post भुलेर पनि यी खानेकुराहरु सँगै कहिल्यै नखानुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles