Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

भारतमा कोरोना संक्रमण बढेसँगै सतर्कता अपनाउन नेपाल सरकारको अनुरोध

$
0
0

वैशाख, काठमाडौं । पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९)  संक्रमण बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर संख्यात्मक रूपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेको जनाएको छ । ‘वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमै रहेकाले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन र संवेदनशील भई जनस्वास्थ्यको मापदण्ड पालना गर्न र गराउन हुन सम्बन्धित निकायलाई अनुरोध गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।’ मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउन बाँकी सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई खोप लगाउन र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पूरा भए पश्चात बुस्टर मात्रा लगाउन पनि अनुरोध गरेको छ ।

 


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles