Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

एमबीबीएसको प्रवेश परीक्षाका नक्कली परीक्षार्थी सार्वजनिक

$
0
0

२० चैत, काठमाडौं । चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह एमबीबीएसको प्रवेश परीक्षाका पाँच जना नक्कली परीक्षार्थीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका पाँच जना नक्कली परीक्षार्थीलाई सार्वजनिक गरेको हो।

शुक्रबार भक्तपुर र काठमाडौंका विभिन्न परीक्षा केन्द्रबाट अरुका नाममा परीक्षा दिन आएको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा अमर पण्डित, अनिकेत चौधरी, रामआषिश यादव, इस्तियाक अहमद र सन्नीकुमार साह रहेका छन्।


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles