Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना अपडेट : थप १ हजार ७६० जनामा संक्रमण पुष्टि, ७ जनाको मृत्यु

$
0
0

काठमाडौं, ३० भदाै । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १ हजार ३३२ जना र ४ हजार ३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी जम्मा १ हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो  ।

यस्तै सो अवधिमा काठमाडौं उपत्यकामा ४९५ जना संक्रमित  थपिएका छन्  । जसमध्ये काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जनामा संक्रमण पुष्टि भएको  मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा  १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

The post कोरोना अपडेट : थप १ हजार ७६० जनामा संक्रमण पुष्टि, ७ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles