Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना अपडेट : १ हजार ५ सय ६२ जनामा संक्रमण पुष्टि, १९ जनाको मृत्यु

$
0
0

काठमाडाैं, २९ भदाै । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार पाँच सय ६२ जनामा कोरोना भाइरस  सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार  पीसीआर र एन्टिजेन गरी १४ हजार चार सय ४३ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको  हो ।

यो संगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ६६ हजार नौ सय पाँच पुगेको मन्त्रालयले जनाएको छ । यस्तै सो अवधिमा एक हजार पाँच सय ८९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ४२ हजार तीन सय ६ पुगेको छ ।

मंगलबार  थप १९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएसँगै मृत्यु हुनेको संख्या  १० हजार नौ सय ८४ पुगेको  छ । मन्त्रालयका अनुसार  नेपालमा हाल २६ हजार दुई सय दुई जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेकामा चार सय ५३ जनाको आईसीयू र एक सय ३७ जनाको भेन्टिलेटरमा उपचाररत  रहेका छन् ।

 

The post कोरोना अपडेट : १ हजार ५ सय ६२ जनामा संक्रमण पुष्टि, १९ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles