Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

काठमाडाैं उपत्यकामा ११ हजार भन्दा बढी सक्रिय संक्रमित

$
0
0

काठमाडौं, ५ भदाै । काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ११ हजार भन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा ६६७ जना कोरोना संक्रमित थपिएसँगै  उपत्यकामा सक्रिय संक्रमितको संख्या ११ हजार ४ सय ३६ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार संक्रमितमध्ये काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा १०३ संक्रमित थपिएका हुन्।

हालसम्म काठमाडौंमा ७६६३, भक्तपुरमा १४८१ र ललितपुरमा २२९२ सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा देशभर  २ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन् भने ३० जनाले ज्यान गुमाएका छन्।

The post काठमाडाैं उपत्यकामा ११ हजार भन्दा बढी सक्रिय संक्रमित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415