काठमाडौं, ५ भदाै । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सो अवधिमा ७७०३ पीसीआर परीक्षणमा १४२४ र ५३७२ एन्टिजेन परीक्षणमा ६५१ जना गरी कुल २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
शनिबार २,३८२ जना कोरोना मुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ पुगेको छ । सो मध्ये ३६ हजार १५ जना होम आइसोलेसन र ३ हजार ३०६ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
The post शनिबार थपिए २ हजार ७५ जना कोरोना संक्रमित, ३० जनाको मृत्यु appeared first on Sajha Post.