Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शुक्रबार थपिए ३ हजार ६ सय ११ जना कोरोना संक्रमित, २७ जनाको मृत्यु

$
0
0

काठमाडाैं, १५ साउन । नेपालमा शुक्रबार थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ७ सय ८३ पिसिआर परिक्षणका क्रममा २ हजार ४ सय ६७ र ४ हजार ८ सय ७८ एन्टीजेन परिक्षणका क्रममा १ हजार १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५३ हजार ६३३ पुगेको छ । त्यस्तै कोरोना संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको छ, हालसम्म नेपालमा ९ हजार ८ सय ३४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १ हजार ८ सय १६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ५२ हजार २६१ संक्रमित निको भएका छन् । हाल ३१ हजार १४ सक्रिय संक्रमित आइशोलेशन र ३९० जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३५ लाख ९४ हजार २०२ वटा पिसिआर परिक्षण भएको छ भने ३ लाख १४ हजार १११ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

 

The post शुक्रबार थपिए ३ हजार ६ सय ११ जना कोरोना संक्रमित, २७ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles