काठमाडौं, १४ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा थप ८ सय ६० जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये काठमाडौंका ५९७ जना, ललितपुरका १५५ जना र भक्तपुरका १०८ जना छन्।
उपत्यकामा हाल सक्रिय संक्रमितको संख्या आठ हजार ४४१ रहेको छ। जसमध्ये काठमाडौंमा ५ हजार ९३८, ललितपुरमा १ हजार ३९४ र भक्तपुरमा १ हजार १ सय ९ जना रहेका छन् ।
The post काठमाडौं उपत्यकामा थप ८ सय ६० जनामा संक्रमण पुष्टि appeared first on Sajha Post.