काठमाडौं, १५ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार थपिएका संक्रमितमध्ये काठमाडौंका ५५६, भक्तपुरका ७६ र ललितपुरका १८७ जना रहेका छन् ।
योसँगै काठमाडौंमा कुल सक्रिय संक्रमितको संख्या ८ हजार ५०१ पुगेको मन्त्रालयले जनाएको छ । हाल ३१ हजार १४ सक्रिय संक्रमित आइशोलेशन र ३९० जना क्वारेन्टाइनमा छन् ।
हालसम्म नेपालमा ३५ लाख ९४ हजार २०२ वटा पिसिआर परिक्षण भएको छ भने ३ लाख १४ हजार १११ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
The post उपत्यकामा शुक्रबार थपिए ८१९ कोरोना संक्रमित appeared first on Sajha Post.