Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

नेपालमा डेल्टा भेरिएन्टको नयाँ म्युटेन्ट भेटियो : स्वास्थ्य मन्त्रालय

$
0
0

 

काठमाडौं । नेपालमा कोभिड-१९ को डेल्टा प्रजातिको अर्को नयाँ म्युटेन्ट पुष्टि भएको छ ।

स्वास्थ्य  तथा जनसंख्या  मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको र तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुष्टि भएको जानकारी दिएको छ ।

पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम एवाइवान राखिएको जनाएको  छ । मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीद्वारा हस्ताक्षरीत  विज्ञप्तिमा जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भाग र उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको परीक्षण गर्दा म्युटेन्ट पुष्टि भएको बताइएको छ ।

मन्त्रालयका अनुसार भेटिएका भेरिएन्ट र म्युटेन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पुर्‍याउने देखिएको छ ।

भाइरसको नयाँ उत्परिवर्तनसँगै जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न र सम्भावित तेस्रो लहरको चुनौतिपूर्ण अवस्थाको तयारी गर्न मन्त्रालयले आग्रह गरेको छ ।

 

The post नेपालमा डेल्टा भेरिएन्टको नयाँ म्युटेन्ट भेटियो : स्वास्थ्य मन्त्रालय appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles