काठमाडौं, १३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १ हजार २०६ जना गरी ३ हजार ८४० जनामा संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा १९९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ३३ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८५९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जनामा संक्रमण पुष्टि भएको हो ।
The post बुधबार थपिए ३ हजार ८४० कोरोना संक्रमित, ३३ जनाको मृत्यु appeared first on Sajha Post.