Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, झन्डै ४ हजारमा संक्रमण पुष्टि

$
0
0

काठमाडाैं, १२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको छ ।  १७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म पीसीआर विधिबाट ६ लाख ८५ हजार ६७३ जना र एन्टिजेन विधिबाट ५७ हजार १४४ जना संक्रमित भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा १ हजार ७७८ जना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या  ६ लाख ४७ हजार ७९ जना निको भएका छन् ।

नेपालमा निको हुने दर ९४.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।  मंगलबार  थप २० जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ७५८ पुगेको छ । नेपालमा १.५ प्रतिशत मृत्युदर रहेको छ ।

 

The post फेरि बढ्न थाल्यो कोरोना संक्रमण, झन्डै ४ हजारमा संक्रमण पुष्टि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles